४ दिनदेखि बन्द झुलाघाट नाका साँझदेखि खुल्ने

भारतमा जारी विधानसभाको उपनिर्वाचनको सुरक्षा संवेदनशीलता कारण जनाउँदै चार दिनदेखि बन्द रहेको बैतडीको झुलाघाट नाका आज साँझदेखि खुल्ने भएको छ ।

भारतसँग सीमा जोडिएको झुलाघाट नाका सुरक्षा संवेदनशीलता कारण जनाउँदै भारतले मंसिर ६ गते साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सिमानाका बन्द राख्न अनुरोध गरेको थियो।

विधानसभाको उपनिर्वाचन सम्पन्न भएपश्चात साँझ ५ बजेदेखि नाका पुनः सञ्चालनमा आउने बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिएका छन्।