विद्यार्थीबाट कुटिए त्रिचन्द्र कलेजका प्रमुख

त्रिचन्द्र कलेजका प्रमुख प्रदीपबहादुर न्यौपाने विद्यार्थीबाट कुटिएका छन्।

विज्ञान संकायको शुल्क बृद्धि फिर्ता नगरेको भन्दै विद्यार्थीले सोमबार बिहान उनलाई क्याम्पस परिसरमै कुटेका हुन् ।

न्यौपानेलाई उद्धार गरेर उपचारका लागी वीर अस्पतालमा लगिएको काठमाडौं प्रहरी प्रमुख एवंम् एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका छन् । घटनामा संलग्न भएको आरोपमा दुई जना विद्यार्थीलाई पक्राउ गरि घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।