बाघको छालासहित ६ जना पक्राउ

धादिङमा पाटे बाघको छालासहित ६ जना पक्राउ परेका छन् ।

बाघको छाला बेचबिखन भइरहेको सूचनाको आधारमा खटिएको जिप्रका धादिङ र इप्रका गजुरीको प्रहरी टोलीले गजुर-३ का ३८ वर्षीय भाइराम प्रजा, २१ वर्षीय ज्ञानबहादुर बि.क, ३४ वर्षीय राजेन्द्र तामाङ, वडानम्बर ४ का २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका-२ का ५७ वर्षीय सन्त तामाङ र वडानम्बर ३ का २१ वर्षीय राजकुमार तामाङलाई गजुरी गाउँपालिक- चालिसेबाट नियन्त्रणमा लिएको हो ।

३ वटा मोटरसाइकलमा ६ जनाले वालसिङ भन्ने ठाउँबाट हाइवेतर्फ ल्याउँदै गरेको बाघको छालासहित नियन्त्रणमा लिइ उनीहरुको साथबाट ७ फिट २ इन्च लम्बाई, १ फिट ३ इन्च चौडाई भएको पाटे बाघको छाला बरामद गरेको प्रहरीले जनाएको छ ।