जन्ती बोकेको बस दुर्घटना,१ को मृत्यु ४० घाइते

पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् ।

नुवाकोटको बाँसगडीबाट बाराको अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको जन्ती बोकेको बस बिहान दुर्घटना हुदा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ की ११ वर्षीया डोल्मा तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि काठमाण्डुको ट्रमा सेन्टर पठाइएको छ भने २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।