बलात्कार अभियुक्त राई जेल चलान

आफ्नै साथीकी बहिनीलाई बलात्कारको आरोपलागेका अखिलका नेता इन्द्रहाङ राईलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार राईलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएपछि राईलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको हो ।

रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सहसचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य रहेका राईलाई १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले गत असोज १२ गते  नियन्त्रणमा लिएको थियो।