मालपोत प्रमुख ५ लाख घुससहित रंगेहात पक्राउ

जिल्ला मालपोत कार्यालय सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले शुक्रबार बिहान ११ बजे भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थामा कार्यालय बाटै रंगेहात पक्राउ पक्राउ गरेको हो ।

सुकुम्बासीको नाममा आएको जग्गाको विषयमा उच्च अदालत, विराटनगरले प्रमाण माग गरेपछि पीडित मालपोत कार्यालयमा पुगेका थिए । त्यससम्बन्धी कागज माग्ने क्रममा मण्डलले कागज दिन आनाकानी गरेर रकम माग गरेको अख्तियारमा उजुरी परेको थियो ।

मण्डलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।