ताजा समाचार

मंसिर १ गते २०७६

‘ऋणबाट मुक्त गराउन कर नीति लिएको हो’

अर्थमन्त्री डा। युवराज खतिवडाले मुलुकलाई अत्याधिक ऋणको चापबाट मुक्त गराउन सरकारले कर नीति लिएको बताएका छन् ।

कर दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले मुलुकलाई अत्याधिक ऋणको मारबाट मुक्त गराउन आफूले करसम्बन्धि अलोकप्रिय नीति लिनु परेको भएपनि उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण बन्ने बताएका हुन् ।

उनले ‘राजस्व प्रणालीमा करको कुरा नगर्ने हो भने हामी अत्याधिक ऋणको बाटोमा जान्छौं,’ , ‘अत्याधिक ऋणको चापले मुलुकलाई संकटमा फसाउने हुनाले आफूको मुलुकको दीर्घकालीन हितका लागि करसम्बन्धि अलोकप्रिय निर्णय लिनु परेको हो ।’भन्दै मुलुकको अर्थतन्त्र अध्यारोबाट उज्यालोतर्फ अघि बढिरहेकाले केही समस्या हुन सक्ने र त्यसलाई सल्टयाउँदै लैजाने बाटोबाट सरकार अघि बढिरहेको पनि बताएका छन् ।

अर्थमन्त्री खतिवडाले व्यवसायीहरुलाई मुलुकप्रति जवाफदेही बनाउने गरी कर कानुन लागू गरिएको र अर्थतन्त्रलाई सवल, आत्मनिर्भर,सुदृढ बनाउनेगरी कर नीति लिएकाले दक्षिण एशीयामा नेपाल सबैभन्दा कम ऋण भएको मुलुकको रुपमा पहिचान बनाउन सफल भएको पनि स्मरण गराएका छन् ।