हिमाल आरोही पुर्जालाई ‘नविल हिरो’ उपाधि

सबैभन्दा छोटो समय ७ महिना मा ८ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरी कीर्तिमान कायम गरेका आरोही निर्मल पुर्जालाई नविल बैंकले ‘नविल हिरो’ उपाधिबाट सम्मान गरेको छ ।

बैंकले पुर्जालाई ७ लाख राशको पुरस्कारसहित उपाधि दिएको हो ।नविल बैंकका सीईओ अनिल केशरी साहले पुर्जाको साहसिक आरोहणलाई सम्मान गर्दै सो उपाधि प्रदान गरेको बताए । पुर्जाले हिमाल आरोहणका ‘रियल हिरो’ भएको उनको भनाइ थियो ।

ब्रिटिस सेनामा कार्यरत म्याग्दीका स्थायी वासिन्दा पुर्जाले हिमाल आरोहणकै लागि जागिर छोडेका हुन् ।

आगामी दिनहरुमा पनि यस उपाधिबाट अन्य विभिन्न विधाका ‘हिरो’हरुलाई खोजेर सम्मान गर्ने नविल बैंकका सीईओ शाहले बताएका छन् ।