ताजा समाचार

कार्तिक २७ गते २०७६

बिद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

आफ्नै विद्यालयमा अध्ययनरत बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा चितवनका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ

माडी नगरपालिका–५ स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा शिक्षक कुम्मसिंह विकलाई पक्राउ गरेको हो ।

विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ ।

घर जाने क्रममा छात्रालाई जबर्जस्ती करणी गरेको आरोप लागेपछि विकलाई पक्राउ गरी चितवन जिल्ला अदालतमा जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दायर गर्न पाँच दिनको समय माग गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताएका छन् ।