ताजा समाचार

कार्तिक २७ गते २०७६

नागार्जुनबाट नगदसहित १० जुवाडे पक्राउ

नागार्जुनबाट ३ लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ परेको छन् ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका–३ इचङ्गुनारायणमा कौडा खेलिरहेको अवस्थामा मङ्गलबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुबाट तीन लाख ६० हजार नगद र १६ थान कौडा बरामद गरेको प्रहरीले जनाएको छ ।

ठूलो रकम हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन् ।