कार्तिक २५ गते २०७६

ताजा समाचार

कार्तिक २५ गते २०७६

भद्रपुर विमानस्थल १० दिनका लागि बन्द गरिने



झापाको चन्द्रगढीस्थित भद्रपुर विमानस्थल १० दिनका लागि बन्द गरिने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, नियमित मर्मत सम्भारका लागि यो विमानस्थल २६ कात्तिकदेखि ५ मंसिरसम्म बन्द गर्न लागिएको छ । यससँगै अब झापामा हुने उडान अवतरण १० दिन ठप्प हुनेछ । यहाँ साविकमा भइरहेका उडानलाई कम्पनीहरूले भने विराटनगरमा सार्ने भएका छन् ।

वायुसेवा सञ्चालक संघ (आयोन)ले झापाको भद्रपुरबाट भइरहेका उडान अब विकल्पका रूपमा विराटनगरबाट हुने जानकारी दिएको छ । भद्रपुर नेपालको सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक हो । यस विमानस्थलमा नेपाल एयरलाइन्ससँगै बुद्ध, यती, सौर्य र श्री एयरलाइन्सले उडान गर्दै आएका छन् ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं