
अनसनरत वरिष्ठ चिकित्सक डा। गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकोप्टर डडेल्धुरा पुगेको छ। तर केसीले भने आफू स्वस्थ रहेको भन्दै अनशन तोड्न र काठमाडौं जान इन्कार गरेका छन् ।
डडेल्धुरा पुगेर १७ औं अनसन सुरु गरेका केसीको स्वास्थ्य अवस्था बिग्रेपछि उनलाई आइतबार डडेल्धुरा जिल्ला अस्पताल भर्ना गरिएको थियो। सो अस्पतालले त्यहाँ आईसीयूलगायत सुविधा नभएकोले केसीलाई सुविधासम्पन्न ठाउँमा लैजान आग्रह गरेको थियो।
नेपाली सेनाको हेलिकोप्टर साढे ८ बजे नै डडेलधुरा पुगे पनि डाक्टर उनी आउन नमानेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताएका छन् । प्रवक्ता पाण्डेका अनुसार केसीलाई लिन गएको हेलिकोप्टर अहिले डडेल्धुरास्थित सेनाको गणमा छ।
डा.केसीले गत सोमबार डडेल्धुरा पुगेर १७ औँ अनसन सुरु गरेका हुन्। आफूसँग भएका पूर्वसहमति कार्यान्वयन गर्नुपर्ने डा.केसीको अडान छ।