ताजा समाचार

कार्तिक २५ गते २०७६

सुत्केरीलाई उपाध्यक्षको यस्ता सामाग्री कोसेली

बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकामा सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गर्दै उपाध्यक्षको कोसेली वितरण गरिने भएको छ ।

गाउँपालिकाभित्र रहेका ४२५ जना सुत्केरी महिलालाई उपाध्यक्षको कोसेली वितरण गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिएका छन् । पोषण र सरसफाइका लागि गाउँपालिकाका प्रत्येक स्वास्थ्यसंस्थाबाट उपाध्यक्षको कोसेली वितरण गर्ने तयारी भएको उनले बताए ।

उक्त कार्यक्रमका लागि गाउँपालिकाले रु चार लाख २० हजार रकम विनियोजन गरेको छ । उपाध्यक्षको कोसेलीमा दाल, तेल, ज्वानो, सेनेटेरी प्याड, साबुन, नङ्काटो, सोडालगायतका सामग्री रहेका दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन् ।

पाध्यक्षको कोसेली वितरणले पूर्ण संस्थागत सुत्केरी गराउन पनि सहयोग पुग्ने उनले बताकी हुन् ।दोगडाकेदार गाउँपालिकाका वडा नं ४, वडा नं ५ र वडा नं ८ यसअघि नै पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन् ।