ताजा समाचार

कार्तिक २४ गते २०७६

सुदूरपश्चिमका राज्यमन्त्रीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले राजीनामा दिएका छन्। आज मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनले राजीनामा बुझाएका हुन्।

उनले आफूले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबीसमेत मुख्‍यमन्त्रीलाई बुझाएर उनी फकिएका छन् । कञ्चनपुरको एक क्याम्पसको शेयर बिक्रीमा ठगी गरेको आरोप उनलाई लागेको छ ।