ताजा समाचार

कार्तिक २१ गते २०७६

बागलुङ २ ‘ख’ मा शेरचन र शाहीको उम्मेदवारी दर्ता

बागलुङ क्षेत्रनम्बर २ ‘ख’ मा नेपाली कांग्रेसका जितबहादुर शेरचन र राष्ट्रिय जनमोर्चाका र खिमविक्रम शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट राजमोका टेकबहादुर घर्ती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । तर, घर्तीको निधन भएकाले १४ मंसिरमा उपनिर्वाचन हुँदैछ ।

बागलुङ २ ‘ख’ मा अघिल्लो निर्वाचनमा पनि जित बहादुर शेरचन नै कांग्रेसका उम्मेदवार थिए । उनी राजमोका टेकबहादुर घर्तीसँग तीन हजार मत अन्तरले पराजित भएका थिए । कांग्रेसका जितबहादुर शेरचन को प्रस्तावमा नरजंग घर्ती र समर्थकमा ज्ञानकुमारी छन्त्याल छन् ।

यता नेकपा र राजमोका शीर्ष नेताहरुबीच चुनावि तालमेल गर्ने सहमति भएकोले सोही सहमतिअनुसार नेकपाले राजमोका शाहीलाई समर्थन गर्ने भएको छ।