वर्षासंगै भारी हिमपातको सम्भावना, सतर्क हुनुहोला

पोखरा लगायत देशभरको मौसम धुमिलिएको छ । उज्यालो होला भन्दा अँध्यारो भएको छ । भारी वर्षा हुन सक्ने महसूस हुन्छ ।

योसंगै अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षातसंगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार रातिदेखि मध्य र पूर्वी पहाडी भूभागसँगै पश्चिमी भेगमा वर्षा हुने छ ।
 
हिउँदको सुरुआतसँगै उच्च हिमाली भेगमा हिमपात सुरु हुने मौसम भएकाले सतर्क रहन महाशाखाले भनेको छ ।