कांग्रेस उपसभापति विमलेन्द्र निधि भोलि पोखरा आउँदै

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि बिहीबार पोखरा आउने भएका छन् ।

बिहीबार कास्की क्षेत्र नं. २ को उम्मेदवारी मनोनयन कार्यक्रममा सहभागी हुन उपसभापति निधि पोखरा आउने भएका हुन् ।

उनले आशन्न उपनिर्वाचनबारे लागि कास्कीका नेताहरुसंग छलफल गर्ने कार्यक्रम समेत तय भएको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।

यसैबीच भोलि बिहीबारको उम्मेदवारी मनोनयन कार्यक्रम सबै तयारी पूरा भएको कास्की कांग्रेसले जनाएको छ ।

बिहीबार बिहान १० बजे पोखरास्थित सभागृहचोकमा सहभागी हुन कांग्रेसले आग्रह गरेको छ ।

कास्की २ मा कांग्रेसले नेता खेमराज पौडेललाई उठाउने भएको छ ।