मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले उमेदवार टुंग्याएको छ । बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको पदाधिकारी बैठकले उपनिर्वाचनका लागि उमेदवार टुंग्याएको हो ।
मंसिर १४ हुने एकमात्र प्रतिनिधि सभाको निर्वाचनका लागि कास्की – २ मा खेमराज पौडेललाई उमेदवार चयन गरेको छ ।
कसलाई कहाँ ?
#प्रतिनिसभा
कास्की-२, खेमराज पौडेल
#प्रदेशसभा
१, बागलुङ २ को २ ; जित शेरचन
२, दाङ ३ को २ ; केशव आचार्य
३, भक्तपुर १ को १ कृष्ण भंडेल






