ताजा समाचार

कार्तिक २० गते २०७६

श्रीमतीले मासु किन्ने पैसा मागेपछि बञ्चरो प्रहार

सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरका एक पुरुषले मासु किन्ने पैसा मागेको भन्दै श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।

कर्जन्हा नगरपालिका-२ बन्दीपुरकी कविता पासवानलाई श्रीमान रामबाबु पासवानले बुधबार बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कविताको टाउकोमा बन्चरो प्रहार भएको छ। मासु ल्याउन रामबाबुसँग कविताले पैसा मागेपछि विवाद सुरु भएको थियो।

घटनापछि पासवान फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।