ताजा समाचार

कार्तिक १९ गते २०७६

विवेकशीलले छान्यो कास्की २ र बागलुङ २ (ख)मा उम्मेदवार

गएको चुनावमा राजधानीमा निकै उत्कृष्ट मत पाएको विवेकशील नेपाली दललाई पनि उपचुनाव लागेको छ । साझा पार्टीसँग एकीकरणपछि फेरि छुटिइसकेको विवेकशीलले कास्की २ र बागलुङ २ खमा उम्मेद्वार छानिसकेको छ ।

मंसिर १४ गते हुने उपचुनावमा विवेकशीलबाट कास्की २ मा उम्मेदवार बनेकी छन् । मंगलबार पोखरामा भएको कार्यक्रमका दलका केन्द्रीय अध्यक्ष मीलन पाण्डेले यस्तो उम्मेदवार घोषणा गरेका हुन् । गएको चुनावमा कास्की २ मा तेस्रो विवेकशीलले ८ सय ४३ मत पाएको थियो । यहाँ विवेकशीलबाट छुटिएको साझाबाट शर्मासँग राजनी केसी पनि मैदानमा छिन् । केसी केही महिनाअघि नेपाली कांग्रेस परित्याग गरी साझामा आवद्ध भएकी हुन् ।

कास्की २ की उम्मेदवार शर्मा बाँकेमा जन्मिएकी हुन् ।सामाजिक अभियन्ता र मनोपरामर्शदाता शर्माले पोखराको पृथ्वीनारायण क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । उनले आफ्नो सिकाइ, अनुभव, चिन्तन कार्यान्वयन गर्न राजनीति थालेको प्रतिक्रिया दिइन् ।

विवेकशीलले बागलुङ २ ‘ख’मा सन्तोष भण्डारीलाई उम्मेदवार बनाएको छ । भण्डारी बुर्तिवाङका युवा उद्यमी हुन् । राजनीति पृष्ठभूमि नभएकाले पनि असामान्य तवरले राजनीति र विकासको नेतृत्व गर्न सक्ने अध्यक्ष पाण्डेको भनाइ छ ।

पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले आफूहरु कास्केलीको मन जित्न आएको बताइन् । उनले साझाबाट आएकाहरुसँग पहिल्यैबाट मनमुटाव रहेकाले विभाजन नै सही भएको प्रतिक्रिया दिइन् । भनिन्, ‘डिभोर्स इज बेटर देन टु सुसाइड । हामी त्यही भएर अलग भएका हौं ।’