मुख्यमन्त्री कार्यालयमा ताला लगाउन खोज्ने शिक्षक पक्राउ

मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका ३० भन्दा बढी अस्थायी शिक्षक पक्राउ परेका छन् ।

मंगलबार बिहान प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा कर्मचारीलाई भित्र छिर्न नदिने गरी ताला लगाएर मूल गेटमा धर्ना दिने योजना बनाएर गएका शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

सेवाबाट मुक्त गरिएपछि अस्थायी शिक्षकहरुले पुनर्बहाली गर्नुपर्ने माग गर्दै निरन्तर आन्दोलन, चक्काजाम,धर्ना दिदै आएका छन् ।

ताला लगाउन गएका अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवसहितकालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।