ताजा समाचार

कार्तिक १९ गते २०७६

‘सप्तरङ्ग २’सातै प्रदेशमा हुने

सातै प्रदेशमा ‘सप्तरङ्ग २’ हुने भएको छ । ‘सप्तरङ्ग’ को सफलतापछि यसको दोस्रो शृंखलालाई गर्न लगिएको राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै जानकारी गराइएको छ ।

आयोजक गृष्मा ब्रोर्डकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले यसपटक नेपाल सरकारको अभियान भिजिट नेपाल २०२० लाई समेत यस कार्यक्रमले टेवा पुर्याउने बताए । ‘राष्ट्रियताको कुनै मुल्य हुदैन भन्ने’ सोचका साथ् कार्यक्रमलाई निशुल्क गरिएको समेत उनले बताएका छन् । पहिलो शृंखलामा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवर्धन र समुन्नति केन्द्रित गरेको छ ।

दोस्रो शृंखलाको लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, हास्यकलाकार जीतु नेपाल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओड रहेका छन् । यिनले सातै प्रदेशमा पर्यटन प्रवर्धन र सम्मुनतिका लागि आफ्नो प्रस्तुति प्रस्तुत गर्ने आयोजित कार्यक्रममा जानकारी गराइएको हो ।

कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानिय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको कार्यक्रम कार्तिक २० गते विर्तामोडबाट सुरु भएको कार्यक्रम मंसिर ४ गते पोखरामा पुगेर सकिनेछ ।

राजधानीमा आयोजित कार्यक्रममा राजेश हमाल , सुगम पोखरेल , जीतु नेपाल , प्रकाश सपुत र रवि ओडको उपस्थिति रहेको थियो । ‘सप्तरङ्ग २’ मा अफिसियल एमसीको रुपमा नरेश भट्टराई , विवेक खतिवडा र पूजन थापा रहेका छन् । कार्यक्रमलाई टिभीएस अपाचे मोटरसाइकलले टाइटल स्पोन्सर गरेको छ ।