प्रधानमन्त्री ओली पोखरा आउने

प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आउने भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं केन्द्रीय महाधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री ओली पोखरा आउने भएका हुन् ।

प्रतिष्ठानको महाधिवेशन आगामी मंसीर ६–८ गतेसम्म पोखरामा हुँदैछ । पोखरा महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले महत्वका साथ हेरिएको छ । कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने बताइन्छ ।

महाधिवेशनमा देशभरबाट प्रतिनिधि र परिवेक्षक गरी करिब १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन् ।

महाधिवेनशमा लोक संगीतको क्षेत्रमा योगदान पुर्याउने अग्रज श्रष्टालाई सम्मान, लोक दोहोरी गीतको अवस्था बारे संस्कृतिविद्द्वारा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले जाजकारी दिए ।

महाधिवेशन सफल बनाउन २ सय सदस्यीय मूल आयोजक कमिटी एवं २६ वटा विभिन्न उपसमिति गठन गरिएको अध्यक्ष पंगेनीले बताए । महाधिवेशनले आन्तरिक पर्यटन वर्षलाई पनि टेवा पुग्ने विश्वास लिइएको छ ।