नेकपाले टुंगो लगायो ७ प्रदेश प्रमुखको नाम

सोमबार बसेको सचिवालय बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ ।

सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । जसअनुसार अमिक शेरचन , सोमनाथ अधिकारी, तिलक परियार , धर्मनाथ यादव , गोविन्द कलौनी, शर्मिला त्रिपाठी र विष्णु प्रसाईँ को नाम सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको बैठकपछि नेकपा प्रवक्ता विष्णु पौडेलले जानकारी दिएका छन्।

कसलाई कुन प्रदेशको प्रमुखको जिम्मेवारी दिने भन्नेचाहिँ मन्त्रिपरिषद्ले टुंगो लगाउने उनको भनाइ छ ।