ताजा समाचार

कार्तिक १८ गते २०७६

ज्ञानेन्द्र शाहीमाथि कुटपिट गर्ने १ पक्राउ

भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि कुटपिट गरेको आरोपमा चितवनमा एक जना पक्राउ परेका छन् ।

गत असोज ११ गते भरतपुरको चौविसकोठी नजिक माइक्रोबसमा सवार शाहीमाथि युवाहरुको एक समूहले आक्रमण गरेको थियो ।

घटनामा संलग्न भएको भन्र्दै चितवन प्रहरीले भरतपुर-११ बाट अबिरल पोखरेललाई पक्राउ गरेको छ । आक्रमण गर्ने अन्यको खोजी भइरहेको चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए ।

शाहीमाथि आक्रमणको आरोपमा एक साताअघि चितवन प्रहरीमा किटानी जाहेरी परेको छ । सोही जाहेरीको आधारमा प्रहरीले आक्रमणमा संलग्नहरुको खोजी गरिरहेको छ ।