नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाका घाइतेहरूलाई भेटेर स्वास्थ्य अवस्था र उपचारका प्रबन्धका बारेमा जानकारी लिएका छन्।
सभापति देउवा सोमबार बिहान काभ्रेको धुलिखेल सामुदायिक अस्पतालमा पुगेर सुकुटे बस दुर्घटनाका घाइतेहरूलाई भेटि उनीहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जानकारी दिएका छन्।
देउवाले घाइतेका आफन्तजन र अस्पतालका चिकित्सकहरूसँग भेट गरी घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिदै सार्वजनिक यातायातलाई भरपर्दो र सुरक्षित बनाउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्नेतर्फ सरकार र सरोकारवाला पक्षहरूको ध्यानाकर्षण गराएका छन्।
सिन्धुपाल्चोकको सुकुटेमा आइतबार दिउँसो भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको सङख्या १७पुगेको छ।






