विप्लवका दाईसहित २१ कार्यकर्ता पक्राउ

नेकपा विप्लव समूहका २१ कार्यकर्ता दाङको राजापुर क्षेत्रबाट पक्राउ परेका छन् । विप्लव समूहका मध्येपश्चिम कमाण्ड अर्थात् विप्लवका दाई वीरजंग चन्दसहित २१ जना कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुसँग विस्फोट सामग्री र हतियार पनि रहेको प्रहरीले जनाएको छ । राजपुर गाउँपालिका वडा नम्बर ४ बाट राति एकबजे विप्लव समूहका मध्येपश्चिम ईन्चार्ज वीरजंगसहित जिल्लाका कार्यकर्ता पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

दाङ प्रहरीका प्रवक्तासमेत रहेका डीएसपी विनोदविक्रम शाहले दिएको जानकारीअनुसार उनीहरुलाई जिल्ला सदरमुकाम ल्याइँदैछ ।

उनले २१ जना पक्राउ परेको पुष्टि गर्दै अनुसन्धानपछि सबै कुरा सार्वजनिक गरिने जानकारी दिए । राजपुर जिल्ला सदरमुकामबाट करिब सय किलोमिटर टाढा रहेको छ । उनीहरुसँग कति हतियार र विस्फोटक पदार्थ थियो भन्ने प्रहरीले बताइसकेको छैन ।