टीका लगाउन हिँडेका दम्पतीलाई खोलाले बगाउँदा मृत्यु

दसैंको टीका लगाउन ससुराली/माइत हिँडेका पति-पत्नीको खोलाले बगाएर मृत्यु भएको छ।

दैलेख प्रहरीका अनुसार दुल्लु नगरपालिका–११ का ४५ वर्षीय इन्दबहादुर सुनार र उनकी श्रमती ४० वर्षीया खगिसरा सुनारलाई टीका लगाउने जाने क्रममा खोलाले बगाएको हो।

उनीहरू विजया दशमीका दिन (मंगलबार) बिहान आफ्नो घरमा टीका लगाइसकेपछि अपराह्नतिर नारायण नगरपालिका २ कुसाडास्थित ससुराली/माइत जाँदै थिए।

बीचमा पर्ने छामघाट खोला तर्ने क्रममा बगेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले मंगलबार राति ८ बजेतिर मृतकको शव खोलाबाट निकालेको थियो।