राजदेवी मन्दिरमा १४ हजार बोकाको बलि दिइयो

जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा याे वर्ष १४ हजार ६ सय ३३ बोकाको बलि दिइएको छ ।

आइतबार साँझ करिब ८ बजेबाट सुरु भएको बलि प्रदानको कार्यक्रम सोमबार बिहान ३ बजेर ३३ मिनेटसम्म चलेको पूजा मूल आयोजक महावीर युवा कमिटीका अध्यक्ष सन्तोष साहले जानकारी दिए। गत बर्ष मन्दिरमा १४ हजार ९ सय ९७ बोकाबली प्रदान गरिएको थियो ।

बोकाबलीका लागि यसपालि ४ वटा अस्थायी ठेहा राखिएको थियो । प्रत्येक ठेहाको लागि ५ जनाको समूहमा स्वयंसेवक परिचालित थिए ।

बोकाको लाइन सहित डोरी र व्यवस्थापनको लागि समेत प्रति ठेहा ५ जना जनशक्ति खटाइएको थियो ।

त्यस्तै नवमीका दिन अर्थात आज बौद्धीमाई मन्दिरमा पनि बलि प्रदान गरिने राम युवा कमिटीका अध्यक्ष उपेन्द्र ठाकुरले जानकारी दिएका छन् ।