अर्घाखाँचीको नरपानीमा सोमबार दिउँसो भएको जीप दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्कतर्फ आउँदै गरेको लु१ज ४३२९ नंको जीप दुर्घटनामा परेको हो ।
घटनास्थलबाट ३ जनाको शव भेटिएको र उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले बताए । मृतकको सनाखत भएको छैन ।
घटनास्थलबाट ५ जना घाइतेलाई उपचारका लागि सन्धिखर्क ल्याउँदै गरिएको र घटनास्थलतर्फ आफूहरु जाँदै गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । -फाइल तस्वीर




