पोखराको लेखनाथमा शनिबार बिहान सडक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
लेखनाथको सुन्दरीबजारमा बोलेरो जिपले स्कूटरलाई ठक्कर दिंदा स्कूटरमा सवार दुवै जनाको मृत्यु भएको हो ।
भण्डारढिकबाट पोखरा आउँदै गरेको ग २ च ९९५० नं. को बोलेरो जिपले विपरित दिशातर्फ जाँदै गरेको ग १५ प ४३८० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा शिशुवाका २३ वर्षीय हिमाल गुरुङ र २२ वर्षीय रक्ष गुरुङ रहेको इलाका प्रहरी कार्यालय शिशुवाले जनाएको छ ।
दुर्घटनामा स्कूटरमा सवार दुवै जना गम्भीर घाइते भएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईकोमा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको थियो ।
उक्त जिप चालक कास्की पोखरा–२९, भण्डारढिक बस्ने बर्ष ३८ को दिपक नेपाली र जिप ईप्रका शिशुवाको नियन्त्रणमा रहेको बताइन्छ ।




