वृद्धाश्रम बनाउन मनकारीले दिए ६ करोडको जग्गा

काठमाडौँ महानगरपालिका–४ धूम्रबाराहीमा वृद्धाश्रम निर्माणका लागि ६ करोड मूल्य बराबरको १२ आना दुई पैसा दुई दाम जग्गादान गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ धूम्रबाराहीले निर्माण गर्न लागेको लायन वृद्धाश्रम भवन निर्माणका लागि स्थानीयवासी बलरामप्रसाद चापागाईँले जग्गादान गरेका हुन् ।

जग्गादानसँगै वृद्धाश्रमको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । उक्त भवनका जग्गादाता चापागाईँं, काठमाडौँ महानगरपालिका–४ का अध्यक्ष मोहन विष्ट र लायन्स क्लब डिस्ट्रिक ३२५ ए २ को गभर्नर शोभा जोशीले संयुक्तरूपमा शिलान्यास गरे ।

दुई करोड लागतमा बन्ने भवन साढे दुईतले हुने भवन निर्माण समितिका संयोजक धनराज बडालले बताए ।