ताजा समाचार

भाद्र ८ गते २०७६

चितवनमा लाठीचार्ज र अश्रु ग्यास प्रहार

चितवनमा लाठीचार्ज र अश्रु ग्यास प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट करिब पाँच सय मिटरको दूरीमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको हो । 

उक्त स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले लाठी चार्जसँगै अश्रु ग्यास प्रहार गरेको छ । आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका न्यूज २४ मा कार्यरत पत्रकार रवि लामिछानेसहित तीनजनाविरुद्ध आज जिल्ला अदालत चितवनमा मुद्दा दायर भएको छ । 

तीनै जनालाई पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा साउन ३० गते पक्राउ गरेको थियो । पुडासैनी साउन २० गते चितवनको नारायणगढ बसपार्कस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । 


Loading...