ताजा समाचार

श्रावण १५ गते २०७६

घुँडाका समस्या भएकालाई सित्तैमा परामर्श

बुधबारबाट नेपाल मेडिसिटी अस्पतालमा घँुुडासम्बन्धी समस्या भएका तथा जोर्नी प्रत्यारोपणको आवश्यकता भएकाहरुका लागि निःशुल्क परामर्श सुरु भएको छ ।

विशेषगरी ६० वर्ष माथिका महिलामा सामान्य रहेको घँुडा खिइने समस्यालाई लक्षित गरी यो योजना ल्याइएको हो । अस्पतालकै ओपिडीमा हाडजोर्नी विशेषज्ञसंग निःशुल्क परामर्श गर्न पाइने यो अवसरमा सहभागी हुन अग्रीम नाम दर्ता गर्नुपर्ने छ ।

खासगरी घुँडा तथा जोर्नीसम्बन्धी समस्या भइए जोर्नी प्रत्यारोपण आवश्यक रहेकाहरुका लागि यो योजना फलदायी हुने अस्पतालका महाप्रबन्धक विजय रिमाल बताउँछन् । घँुडा दुख्ने, घँुडा बांगिएको, उमेरका कारणले घँुडा खिइएको, बाथरोगको कारणले घँुडाको समस्या भएका, जोर्नी खिइएका तथा नशाा च्यातिएको समस्या र खेलकुदको कारणले घँुडामा चोटपटक भएकाहरुलाई जोर्नी प्रत्यारोपण आवश्यक पर्छ ।