ताजा समाचार

श्रावण १५ गते २०७६

क्यामोफ्लाइज सेनाबाहेक अरुले लाउन नपाउने

सरकारले सैनिक पोशाकको कपडाको विक्री, वितरण र पहिरनसमेत रोक लगाउन ७७ जिल्लामा परिपत्र गरेको छ।

गृह मन्त्रालयले साउन १३ मा ७७ जिल्लासहित प्रहरी प्रधान कार्यलयमा समेत पोशाकको सदुपयोग गराउन भन्दै पत्राचार गरेको हो। गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले पठाएको परिपत्रमा सेनाका सकल दर्जाले प्रयोग गर्ने क्यामोफ्लाइज कपडाको बेचबिखन र प्रयोग रोक्न भनिएको छ।

परिपत्रमा वन तथा वातावरण मन्त्रालय मातहत रहेका वन रक्षक र नीजि सुरक्षा कम्पनीहरूबाट खटिने गार्डले समेत प्रयोग गरेकोमा सेनाले आपत्ती जनाउदैं गृहलाइ पत्र लेखेको थियो। सैनिक पोशाक गैर सैनिक र आपराधिक प्रवृतिका मानिसहरुले दुरुपयोग गर्ने गरेको घटनापछि सरकारले रोक लगाउने निर्णय गरेको हो।