ताजा समाचार

श्रावण १५ गते २०७६

३ पटक तलाक भनेर गरिने सम्बन्धबिच्छेद अपराध ठहर

मुस्लिम समूदायमा श्रीमतीलाई ३ पटक तलाक भनेपछि बिवाह रद्ध हुने परम्परा रहँदै आएको छ। यस पराम्परालाई लिएर भारतमा चर्काे बिरोध पनि भए । सोही कारण सरकारले ३ तलाकलाई खारेज गर्न पहल पनि ग¥यो ।

भारतमा ३ तलाक एउटा अपराधको रुपमा लिँदै लोकसभाबाट पारित भएको विधेयक राज्यसभाबाट पनि पारित भएको छ । अन्तत अब भारतमा ३ पटक तलाक भनेर गरिने सम्बन्ध बिच्छेदलाई अपराध ठहर गरेको छ । यो विधेयक पारित भएसंगै सरकार लागू गराउँने तयारीमा रहेको छ । अब ३ तलाक भन्दै गरिने सम्बन्ध बिच्छेद गरे ३ बर्षसम्म जेल सजायँ हुनेछ ।

३ तलाकलाई अपराध ठहर गर्ने विधेयकमाथि सर्वाधिक मत प्राप्त भएको छ । बिपक्षीले विधेयकको बिरोधमा मतदान पनि गरेका थिए । विधेयकको पक्षमा ९९ र विपक्षमा ८४ मत परेको थियो । यस विधेयकलाई लिएर राज्यसभामा हुने मतदानलाई टीआरएस, जेडियू र एआईएडीएमके जस्ता दलहरुले मतदान बहिष्कार गरेका थिए । यस विधेयकको पक्षमा बोल्ने सांसदहरुले महिलाहरुको गरिमा बढाउँन आवश्यक रहेको भन्दै यस विधेयकबाट महिला सशक्तीकरण र लैंगिक समानता सुनिश्चित हुने बताएका थिए ।

तर एनसीपी दलका नेताले यस विधेयकमा श्रीमानलाई ३ बर्ष जेल पठाउँने प्रावधान भने हटाउँनु पर्ने माग गरेका थिए । यता कांग्रेस दलका नेताले भने यस प्रकारको विधेयकले बिवाह सम्बन्धि अधिकार सुरक्षित भएपनि यसले परिवार भाड्ने नियत राखेको भन्दै आपत्ति जनाएका थिए ।