ताजा समाचार

श्रावण १५ गते २०७६

एनसेल टावर लक्षित गरी बम बिस्फोट

file pix झापामा गए राती कुकर बम बिस्फोट भएको छ । झापाको दमक५ स्थित एनसेल सेन्टरलाई लक्षित गरेर बम बिस्फोट गराईएको प्रहरीले जनाएको छ । कुकर बम सानो आकारको भएकोले कुनै पनि भौतिक तथा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

बम बिस्फोट भएलगत्तै घटनास्थलमा ईलाका प्रहरी कार्यालय दमकको टोली पुगेको थियो । रातीको समय हुँदा सो स्थान आसपास कोही पनि नहिडेकोले कुनै मानवीय क्षति नभएको प्रहरीको भनाई छ । प्रहरीले उक्त बिस्फोट विप्लव समूहले गराएको हुन सक्ने आशंका गरेको छ ।