बाल यौन दुव्र्यवहार आरोपमा वडा सदस्य पक्राउ


नौ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा पर्वतको कुश्मा नगरपालिकाका एक जनप्रतिनिधि पक्राउ परेका छन् ।

कुश्मा नगरपालिका वडा नं ९ का निर्वाचित वडा सदस्य ६९ वर्षीय विष्णुहरि पराजुली पक्राउ परेका हुन् । पराजुलीले साउन ६ गते सोही स्थानमा बसोबास गर्ने बालिकालाई यौन दुव्र्यवहार गरेको पीडित परिवारको उजुरीपछि मङ्गलबार गाउँबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

आरोपित पराजुलीलाई मङ्गलबार नै जिल्ला अदालत पर्वतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । उक्त घटना यसअघि गाउँमै आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको भए पनि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए । आरोपित पराजुली गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट विजयी भएका हुन् ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं