आजको राशिफल (२०७६ श्रावण १५ गते बुधबार)

आजको पञ्चांग
आज मिति २०७६ श्रावण १५ गते बुधबार, इस्वीसंवत जुलाई ३१ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणकृष्णपक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज श्रावणकृष्णपक्षको चतुदर्शी तिथि दिनमा १२ बजेर ३८ मिनेटसम्म त्यसउप्रान्त अमावश्या तिथि लाग्नेछ । आज आद्रा नक्षत्र दिनमा ३ बजेर ४७ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा हर्षण, करणमा गर रहनेछ भने आनन्दादि योगमा चर रहनेछ ।

सूर्य कर्कट राशिमा, चन्द्रमा आज मिथ्ुन राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३३ घटि ३६ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर २६ मिनेटमा तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ५३ मिनेटमा हुनेछ ।

आजको राशिफल

मेष : मेष राशि भएकाहरूका आज पनि समय शुभ छ । थोरै समय र सानो लगानि गरी शुरु गरिने व्यावसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग भेटी नयाँ कामको योजना बनाउन सकिनेछ । पढाई लेखाईमा पनि भनेजस्तो सफलता हात लाग्ने हुँदा अरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ ।

वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । अल्छी गर्ने बानीले महत्वपूर्ण कामहरु सम्पादन गर्न मुस्किल हुनेछ । समयमो ख्याल नगर्दा परिस्थितिले नसोचेको बाटो लिन सक्छ ध्यान दिनुहोला । आर्थिक मुद्दामा आफन्त तथा सहयोगी सँग मनमुटाबको सिर्जना हुनेछ भने आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । व्यापार व्यावसायमा लगानी गर्ने अवसर आए पनि समयले साथ नदिंदा घाटा लाग्नेछ । दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद गर्नु पर्दा मानसिक तनाव बढ्नेछ ।

मिथुन : आज मिथुन राशि भएकाहरूका लागि आज पनि समय अत्यन्तै शुभ छ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्तबाट सहयोग पाईनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गरी अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ ।

कर्कट : आज कर्कट राशिका लागि आज पनि समय खराब रहनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ सहयोग नपाईने हुँनाले आफ्ना योजनाहरु अधुरै नै रहनेछन् । राज्यको विभिन्न पदमा बस्नेले समयमा काम नगर्दा कामहरु थाती रहनेछन् । गोप्य सूचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँदा विद्या तथा प्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।

सिंह : आज सिंह राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । बिभिन्न अवसरको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथीको सहयोगले उत्साह जगाउनेछ । सुन्दर तथा विलासी पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय सामान्य छ । तपाईको खुट्टा तान्ने मानिसहरु हावी हुँने तथा शत्रुहरु सलबलाउनेछन् । न्यायालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनावश्यक मुद्दा मामिला आईलाग्नेछन् । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ।

तुला : तुला राशि भएकाहरूका लागि आज पनि समय खराब छ । माया प्रेमको डोरो कसिलो हुनेछ भने प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । पढ्न लेखाईमा खासै मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिए पनि आम्दानी थोरै हुनेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुका लागि समय फलदायी रहनेछ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । भौतिक सम्पति तथा सवारी साधनको खरिद बिक्री गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुँन सक्छ । नीति नियम तथा कानुनको पालना नगर्दा दण्ड तथा जरिवाना तिर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला । मध्यान्हपछिको समय राम्रो रहेकोले व्यापारमा बढोत्तरीको योग रहेकोछ भने आर्थिक अवस्था सुदृढ हुनेछ ।

धनु : धनु राशिका लागि आज समय शुभ छ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ । आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् भने सानो तिनो प्रयत्नले ठूलै काम सम्पादन हुनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि, पशुपालन, तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानी गर्दा भनेजस्तो नाँफा कमाउन सकिनेछ ।

मकर : मकर राशि भएकाहरूका लागि आज राम्रो रहनेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । मध्यान्हपछिको समय उत्तम रहेकोले समाजमा तपाईको कामबाट सबै जना खुसि हुनेछन् भने मान सम्मानमा बृद्धि भएर जानेछ । रोकिएका कामहरु पुनः सुचारु हुने हुनाले मन प्रशन्न रहनेछ । अध्ययनमा सुधार हुँदै जाने योग रहेकोछ ।

कुम्भ : कुम्भ राशिका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । आफन्त तथा घर भित्रकै मानिसहरुले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुःख पाईनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले पहिले गरिएका लगानीबाट मनग्य आम्दानी हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्रस्थानमा तपाईको नाम आउनेछ । मिष्टान्न भोजनका साथ परिवारका सदस्यसँग रमाउन सकिनेछ ।

मीन : मीन राशि भएकाहरूका लागि आज समय खराब रहनेछ । आज मानसिक चोट पर्ने कुरा कसैले गर्न सक्छ, अपमानित हुने ठाउमा नजानु नै बेस, तपाईंको काम विगार्नेतर्फ आफन्त, नजिकका नाता समेत लागि पर्ने छन्, आज खर्च सोचेभन्दा ज्यादा हुनेछ, मनमा तनाव, कुनै पनि काम छिटो–छिटो गर्छुभन्दा झन् ढिलो हुन जानेछ ।

साइत : आज चन्द्रमा मिथुन राशिमा रहेकाले पश्चिम र दक्षिण बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु ठीक छैन ।
आज बुधबार उत्तर दिशाको यात्रा गर्नु शुभ मानिंदैन । आज अन्य दिशाको यात्रामा वाध्यतावस जानै परे घरको मूल ढोकामा चोखो जलले भरिएका तामाका भाँडामा २ वटा घडा राखेर पवित्र फूल चढाउनुस् र घर नजिकैको मन्दिरलाई दाहिने पारी परिक्रमा गरेर हिंडेमा यात्रामा द्वोष लाग्ने छैन ।

आजको शुभ लाभादि बेला

बिहान ५ः२६ बजेदेखि ६ः५६ बजेसम्म लाभ बेला
बिहान ६ः५६ बजेदेखि ८ः२६ बजेसम्म अमृत बेला
बिहान ८ः२६ बजेदेखि ९ः५६ बजेसम्म काल बेला
बिहान ९ः५६ बजेदेखि ११ः२६ बजेसम्म शुभ बेला
दिउँसो ११ः२६ बजेदेखि १२ः५६ बजेसम्म रोग बेला
दिउँसो १२ः५६ बजेदेखि २ः२६ बजेसम्म उद्धेग बेला
दिउँसो २ः२६ बजेदेखि ३ः५६ बजेसम्म चर बेला
दिउँसो ३ः५६ बजेदेखि ५ः२६ बजेसम्म लाभ बेला

यसमा रोग भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।