ताजा समाचार

श्रावण १४ गते २०७६

लायन्स पोखरा पिस टाउनमा वृक्षारोपण र सचेतना

लायन्स क्लब अफ पोखरा पिस टाउनको आयोजनामा वातावरणसम्बन्धी जनचेतनासहित विरुवा रोपिएको छ । क्लबका सक्रिय सदस्य एवं कार्यक्रम संयोजक सृजना बरालको जन्मदिनको अवसरमा पोखरा ११ कार्कीडाडा स्थित जयकोट सामुदायिक वनमा बिभिन्न जातका १ सयभन्दा बढ़ी बिरुवा रोपिएको हो ।

जिÞल्ला वन कार्यालय तनहुँका प्रमुख केदार बरालले संयोजक सृजनालाई चेरीको बिरुवा हस्तान्तरण गरी कार्यक्रम सुरुआत गरे । बरालले ‘वातावरण असन्तुलनका कारण मानवले देवी प्रकोपको सामना गर्नुपरेको बताए । उनदे स्थानीय आमा समूह र टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधिलाई वातावरण संरक्षणबारे प्रकाश पारेका थिए ।

लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालका क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले रुख रोपेपछि त्यसको संरक्षण पनि गर्नुपर्ने बताए । सामुदायिक वनमा कटहर, चेरी, रुद्राक्ष, अशोका, तेजपत्ता, लप्सी, कोइरालो, पारिजात, बडहर, लगायतका बिरूवा रोपिएको छ ।

लायन्स क्लब अफ पोखरा पिस टाउन अध्यक्ष गीता थापाको अध्यक्षतामा भएको कार्यक्रममा जयकोट सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष शिवबहादुर कार्की, कार्यक्रम संयोजक सृजना बराल, प्रथम उपाध्यक्ष सरला तिमिल्सिना, सचिव शोभा आचार्य लगाएतले बोलेका थिए ।