ताजा समाचार

श्रावण १३ गते २०७६

३ युवाको लगानीमा बराल बस्त्रालय एन्ड नारी फेसन

पोखराका ३ जना व्यवसायीको लगानीमा छोरेपाटनमा बराल बस्त्रालय एण्ड नारी फेसन संचालनमा आएको छ । युवा व्यवसायी राम बराल, राजु सुनार र बालकृष्ण घिमिरेले बस्त्रालय सञ्चालन गरेका हुन् ।

शुभारम्भ कार्यक्रममा कपडा व्यवसायी एशोयिसन कास्कीका उपाध्यक्ष एंव लायन्स क्लब अफ पोखरा राईजिङ् स्टारका अध्यक्ष लेखनाथ पौडेलले सेवाको गुणस्तर र बजारीकरणमा जोड दिए । पोखराको पर्यटकीय स्थल गुप्तेश्वर गुफा र डेभिड फल्सको नजिकै रहेको उक्त फेसनले ग्रहाकहको मन जित्ने उनले विश्वास व्यक्त गरे ।

कपडा व्यवसायी एसोसियसन कास्की सदस्य चोकबहादुर गुरुङले व्यवसायमा अनुभवी तिनै जनाले त्यसको सफल प्रयोग गरी नयाँ व्यवसाय सफल बनाउने विश्वास व्यक्त गरे ।

राम बरालको छोरेपाटनमै बराल बस्त्रालय, राजु सुनारको एस एण्ड एस फेसन कलेक्सन विरौटा र बाकृष्ण घिमिरेको ओम फेसन कलेक्सन रत्नचोकमा संचालनमा छन्। झण्डै १५ लाख लागतमा खुलेको बराल बस्त्रालय एण्ड नारी फेसनमा लेडिज आइटम उपलब्ध छन् ।