ताजा समाचार

श्रावण १३ गते २०७६

मेडिसिटीमा मानुुषीका उद्यमीको सित्तैमा जाँच

नेपाल मेडिसिटी अस्पतालको स्वास्थ्य टोलीले मानुषी प्रालिका उत्पादकको स्त्री तथा प्रसूतिसम्बन्धी जाँच गरेको छ । ललितपुरमै केन्द्रीय कार्यालय रहेको मानुुषी तथा ललितपुरमै स्थित नेपाल मेडिसिटी अस्पतालको संयुक्त पहलमा शिविर भएको हो ।

अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुनिता विश्वकर्मा र मेडिकल अफिसर डा. मनिषा झाको नेतृत्वमा ६० जनाको स्वास्थ्य जाँच गरिएको हो । अधिकांशको स्वास्थ्य सामान्य देखिए पनि केहीमा बहुसंख्यामा समस्या दिएको छन् । उनीहरुमा महिनावारी गडबडी, प्रेसर र सुगर असन्तुलन देखिएको छ ।

असामान्य अवस्थाका सहभागीलाई थप उपचारका लागि नेपाल मेडिसिटी ल्याइनेछ । नेपालकै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय अस्पताल नेपाल मेडिसिटीका अस्पतालका महाप्रबन्धक विजय रिमालले सृजनशिल तथा हस्तकला क्षेत्रमा काम गर्ने महिलाको स्वास्थ्यलाई प्राथमिकता दिएर शिविर आयोजना गरिएको बताए ।

मानुुषी प्रालिका अध्यक्ष पद्माशना शाक्यले दिनहुु कामकाजमा खटिने महिलाले आफ्नो भन्दा पनि परिवारको ख्यालमा ध्यान दिने बताइन् । उनीहरु आफ्नो स्वास्थ्यबारे सजग बनून् भनी शिविर आयोजना गरिएको उनले बताइन् ।