ताजा समाचार

श्रावण १३ गते २०७६

चिर्पट प्रहार गरी बुवाको हत्या

धनगढी कैलालीको गोदावरी नगरपालिकाका एक युवकले चिर्पटले हानेर आफ्नै बुवाको हत्या गरेका छन्।

गोदावरी नगरपालिका ५ बर्बाटामा गए राति करिब सवा ९ बजेको समयमा चिर्पटले हानेर ३० वर्षीय छोरा रामसिंह कुमालले आफ्नै बुवा ६० वर्षीय अम्मरसिंह कुमालको हत्या गरेका हुन्। रातिको समयमा समान्य घरायसी विवाद भएपछि रामसिंहले बुवा अम्मरसिंहमाथि चिर्पट प्रहार गरेका थिए।

चिर्पट प्रहारबाट गम्भीर घाइते भएका अम्मरसिंह कुमाललाई उपचारका लागि सेती अञ्चल अस्पतालमा पुर्‍याइएको भए पनि उनको उपचारकै क्रममा मृत्यु भएको हो। घटनापछि घरबाट भागेका रामसिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरिले जानकारी दिए।

रामसिंहलाई गोदावरी नगरपालिका १ धनगढी रोडको सब्जीमन्डी नजिकै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको गिरिले बताए।