ताजा समाचार

श्रावण १२ गते २०७६

मनिपालमा मनाइयो हेपाटाइटिस दिवस

पोखरामा मनिपाल शिक्षण अस्पतालको आयोजना विश्व हेपाटाइटिस दिवस मनाइएको छ । आइतबार ¥यालीसहित अस्पतालमा सचेतना कार्यक्रम आयोजना गरियो ।

हेपाटाइटिसले लिन्छ ज्यान, आफू पनि बाचौं, अरुलाई पनि बचाऔं भन्ने नारासहित ¥याली निकालेर दिवस मनाइएको हो । कार्यक्रममा अस्पतालका डिन बिएम नागपालले हेपाटाइटिसको संवदेनशीलमा एड्सभन्दा पनि बढी रहेको बताए । उनले हेपाटाइटिसलाई न्यूनीकरण र उपचारका लागि चिकित्सक, बिरामी, नागरिक र सरकारकै एकीकृत प्रयास आवश्यक पर्ने औंल्याए ।

कार्यक्रममा पेट तथा कलेजो रोग विशेषज्ञ डा. सुवास भट्टराईले कलेजो मानव शरीरको सबैभन्दा बलियो अंग भएको बताए । उनले समाजमा हेपाटाइटिस र कलेजो रोगबारे विभिन्न भ्रम रहेको चर्चा गर्दै रोग लुकाउँदा र समयमा उपचार नगर्दा समस्या झन् गम्भीर हुने बताए । हेपाटाइटिस बि र सिको उपचार पोखरामै सम्भव रहेको उनले बताए । डा भट्टराईले भने, ‘हेपाटाइटिस भएपछि जीवन सकियो भन्ने खालको भ्रम छ । यसको उपचार र उपचारपछि नयाँ जीवन सम्भव छ ।’

हेपाटाइटिस लागेको २० वर्षसम्म पनि लक्षण नदेखिन सक्ने भएकाले बेला बेलामा यसको परीक्षण गर्नु उचित हुने उनले बताए । नेपालमा हेपाटाइटिसका बिरामी बढिरहेको चर्चा गर्दै उनले भने, ‘अनेक भ्रम र लाजका कारण अझै उनीहरु उपचारमा आएका छैनन् । असुरक्षित यौन सम्पर्क, हेपाटाइटिस भएकाले प्रयोग गरेका सुईहरु र रगतको प्रयोग र गर्भवती आमाले बच्चालाई यो रोग सार्न सक्छन् ।’