ताजा समाचार

श्रावण १२ गते २०७६

माछापुच्छ्रे बैंकद्धारा वृक्षरोपण

माछापुच्छ्रे बैंकले पोखरा महानगरपालिका, वडा नं. २१ स्थित रघैचौर दोविल्लाघाट परिसरमा वृक्षरोपण गरेको छ ।

बैंकले सफा, सुन्दर र हरियामय वातावरण बनाउन रघैचौर टोल विकास समितिसँगको सहकार्यमा वृक्षरोपण कार्यक्रम गरेको हो ।

कार्यक्रममा बैंककोतर्फबाट प्रदेश प्रमुख भवनसिंह खत्रीसहित विभिन्न शाखाका ६५ कर्मचारी, रघैचौर टोल विकास समिति, आमा समह, दोविल्ला घाट व्यवस्थापन समितिका अध्यक्ष भरत रायमाझी लगायत १ सय २० जना सहभागी थिए । उक्त अवसरमा विभिन्न जातका करिव १ सय ५० विरुवा रोपिएको बैंकले जनाएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १ सय ३१ वटा शाखा र १ सय १२ शाखा रहित बैकिङ्ग सेवा दिंदै आएको छ । बंैकको देशभर १ सय ४४ वटा एटीएम संचालनमा छ ।