ताजा समाचार

श्रावण १२ गते २०७६

नारायणी नदीमा हामफाल्न सक्ने सुरी युवती को हुन् ?

नारायणी नदीमा हामफालेर एक युवती बेपत्ता भएकी छन्।

बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–८, सल्लेनी बस्ने २० वर्षीया सम्झना गुरुङ रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं १, देवघाटबाट गुरुङ नारायणी नदीमा हामफालेकी हुन्।

ती युवती शनिबार दिउँसो ३ः४५ बजे नदीमा हामफालेको प्रहरीले जनाएको छ। नदीमा हामफालेकी गुरुङको खोजीकार्य जारी रहेको छ।