ताजा समाचार

श्रावण ११ गते २०७६

हरिहर मन्दिरमा सन्ध्याकालिन आरतीको तेस्रो शृङ्खला

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ र कार्यपालिका सदस्य राधिका शाही योगीले सदाशिवजी हरिहरधाम मन्दिरमा सन्ध्याकालिन आरतीको तेस्रो शृङ्खलासंयुक्त रुपमा सुरुआत गरेका छन् । ढुंगेसाँघु सीतापाइला आमा समूहले आरती गरेको हो ।

कार्यक्रममा गुरुङले पोखराभित्र र आसपासका यस्ता धार्मिक स्थाल जोगाउन सके धार्मिक पर्यटक भित्रिने र पर्यटन प्रवधर्नमा सहयोग पुग्ने बताइन्। धार्मिक स्थलको संरक्षणमा व्यक्तिगत र महानगरले पुरै साथ दिने उनले बताइन् ।

पोखरा १७ का वडा सदस्य तथा महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले पोखरा १७ को यस मन्दिरले विशेष महत्त्व बोकेको उल्लेख गरिन् । यसको संरक्षणमा वडा लागेको र यस्ता धार्मिक आस्था जगाउने कार्यक्रम आमा समूले गरेकोमा धन्यवाद दिइन् ।

मन्दिरका कार्यसमिति सदस्य महेन्द्र भन्डारीको अध्यक्षतामा भएको कार्यक्रममा समूहकी सदस्य जुना मल्ल र सीता काफ्ले भण्डारीले पनि बोलेका थिए ।

सो अवसरमा उपप्रमुख गुरुङले ५ हजार र कार्यपालिका सदस्य योगीले १ हजार १ सय ११ प्रदान गरेका थिए ।