ताजा समाचार

श्रावण ११ गते २०७६

माटेपानीमा खुल्यो पहिलो सिलाई कटिङ सेन्टर

पोखरा १२ माटेपानीमा दिदीबहिनी सिलाई कटिङ्ग तालिम केन्द्र खुलेको छ । पोखरा महानगरकाले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रम केन्द्र सञ्चालनमा आएको हो ।

उपप्रमुखसंग महिला कार्यक्रमको ५ लाख सहयोगमा केन्द्र सञ्चालनमा ल्याइएको दिदीबहिनी महिला समुहका अध्यक्ष मायादेवी तझ्याले बताइन् । ५ प्रतिशत ब्याजमा महानगरले केन्द्रमा ऋण लगानी गरेको हो ।

महानगरले गत आिर्थक वर्षमा उपप्रमुखसंग महिला कार्यक्रमका लागि २ करोड रुपैयाँ विनियोजन गरेको थियो ।सोही अन्र्तगत दिदीबहिनी समुहले पाँच लाख रुपैयाँ प्राप्त गरेको हो । समुहले पनि केही रकम लगानी गर्ने छ । केन्द्रमा महिलालाई सिलाईकटिङ्ग केन्द्र महिलालाई तालिम दिने र त्यही रोजगारी दिइने अध्यक्ष माया तझ्याले बताइन् ।

आधारभुत तालिमका लागि १ हजार र एडभान्स तालिम सिक्न ३ हजार मासिक शुल्क लाग्ने अध्यक्ष तझ्याले बताइन् । तालिम सिक्नका लागि १५ जनाले नाम टिपाइसकेका छन् । महानगरको आर्थिक सहयोगमा सञ्चालन आएको यो पहिलो सेन्टर हो ।

सेन्टरको शनिबार पोखरामा महानगरपालिका उपप्रमुख मञ्जुेदवी गुरुङले उद्घाटन गरीन् । उनले महिलाहरुलाई सिप सिकाएर महिलाहरुको आर्थिक अवस्था माथि उकास्न कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । महिला आर्थिक रुपमा सक्षम नहुदाँ विभेदमा परेको भन्दै अब आर्थिक रुपमा आफै सक्षम हुनुपर्ने र त्यसका लागि केन्द्रले सहयोग पुग्ने विश्वास गुरुङको छ । अव महानगरले सिलाई कटिङ्ग तालिम सिक्न चाहनेहरुलाई त्यही पठाउने उपप्रमुख गुरुङले बताइन् ।

महानगरले हिजोका दिनमा तालिममा धेरै पैशा खर्च ग¥यो तर त्यसको नतिजा देखिएन उनले भनिन् , ‘विगतमा संघसंस्थालाई पैशाा दिएर गरिएका तालिम प्रभावकारी भएनन् त्यसैले महानगरले आफै सेन्टर खोल्ने र तालिम दिने व्यवस्था गर्ने छौ ।’ आवश्यकताका आधारमा तालिमको व्यवस्था गर्ने र महिलाले उत्पादन गरेका बस्तुलाई बजारीकरण गर्न कोसेली घर खोल्ने तयारी महानगरले गरेको छ ।

कार्यपालिका सदस्य राधिका शाही योगीले महिलाको जीवनस्तर उकास्नका कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले सामुहिक भावनाले काम गर्नुपर्ने र उत्पादनमा लाग्न समुहले उदाहरण प्रस्तुत गरेको बताइन् । अर्का कार्यपािलका सदस्य सन्तु सुवेदीले तालिम प्रभावकारी हुनुपर्ने र त्यसले महिलाको जीवनस्तरमा परिर्वतन ल्याउनुपर्नेमा जोड दिइन् ।

वडा नम्बार १२ का अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य निशा मल्ल, कृष्ण कोइराला, गुप्तबहादुर कार्की र दिदीबहिनी समूहका सचिव शारदा गौतम लगायतले बोलेका थिए ।