ताजा समाचार

श्रावण ११ गते २०७६

एभोकाडो पकेट क्षेत्र घोषणा

लायन्स क्लब अफ पोखरा आँगनद्वारा म्याग्दे गाउँपालिका वडा नं. २ संगको सहकार्यमा एभोकाडो पकेट क्षेत्र घोषणा गरेको छ ।

क्लवका अध्यक्ष रामनारायण श्रेष्ठले वडाध्यक्ष चन्द्रबहादुर रानाभाटलाई एभोकाडोको वृक्ष हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरे ।

गत वर्षको वृक्षरोपण कार्यक्रम अन्तर्गत उक्त वडामा रोपिएका एभोकाडोका बिरुवा राम्र्रोसंग हुर्किएसंगै वडा कार्यालयसंग सहकार्य गर्दै यस पटक ५ सय बिरुवा हस्तान्तरण गरिएको छ ।
कार्यक्रमले वडाबासीको आयआर्जनमा थप सहयोग पुग्ने क्लबको विश्वास छ ।

क्लवका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा वडाध्यक्ष चन्द्रबहादुर रानाभातको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रम संयोजक रामकुमारी गुरुङले स्वागत र प्रथम उपाध्यक्ष विश्व तण्डुकारले धन्यबाद ज्ञापन गरेका थिए ।