ताजा समाचार

श्रावण ११ गते २०७६

शताव्दी पुरुषलाई घर मै सम्मान

जेष्ठ नागरिक सरोकार समाज नेपाल पोखराले एक शताव्दी पुरुषलाई शनिवार उनको घर मै पुगेर सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा पोखरा महानगरपालिका वडा नं १३ आर्वा निवासी १०१ वर्षीय टीकाराम वराल रहेका छन् ।

उनलाई समाजका अध्यक्ष भक्तराज श्रेष्ठले माला, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अवसरमा वोल्दै उनले शताव्दी पुरुषको घरमा नै पुगेर सम्मान गर्ने संस्थाको उद्धेश्य अनुसार नै सो कार्यक्रम गरिएको वताए ।

यसअघि कास्कीका विभिन्न शताव्दी पुरुषहरुलाइ पनि संस्थाले सम्मान गरिसकेको उनले वताए । 
सम्मानित भएपछि शताव्दी पुरुष टीकाराम वरालले घरमा पुगेका पाहुनाहरुलाई टीको लगाएर आशिर्वाद दिएका थिए । 

कार्यक्रममा वोल्दै शताव्दी पुरुष टीकाराम वरालका नाति बुद्धिराज वरालले उमेरले नेटो कटेका हजुरवालाई घर मै आएर संस्थाले सम्मान गरेको भन्दै खुसी प्रकट गरे । 

समाजका अध्यक्ष भक्तराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केशवप्रसाद ढकाल र सचिव इच्छावहादुर वाग्लेले पनि आ आफ्ना भनाई राखेका थिए ।